सूचना प्रविधि

विश्वकपको अवसरमा सामसङले ल्यायो यस्तो योजना

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले फिफा विश्वकप फुटबल २०१८ को अवसरमा “फिल द गेम” योजना प्रस्तुत गरेको छ । यस योजनाअन्तर्गत सामसङ टिभिहरुको खरिदमा विशेष अफरहरु प्रस्तुत गरेको छ । रसियामा हुन गइरहेको विश्वकप फुटबललाई प्रत्यक्ष हेर्ने भनेको टिभिमा नै हो र यस अवसरमा ग्राहकहरुलाई विशेष छुट सहित अन्य अफरहरु पनि प्रस्तुत गरेको छ ।

सामसङका एसयुएचडी टिभी, कर्भड टिभी, युएचडी टिभी, स्मार्ट टिभी, नन स्मार्ट टिभी, एफएचठडी टिभी, एचडी टिभीका विभिन्न मोडेलहरुमा अधिकतम २७ प्रतिशतसम्म छुट प्रदान गरेको छ ।

यसका अतिरिक्त सम्पूर्ण टेलिभिजनहरुमा २ वर्षको फुलवारेन्टी तथा शून्य प्रतिशत इएमआई सुविधाको किस्ताबन्दी अफर स्यामसुङ डिजिीटल प्लाजाबाट प्रस्तुत गरेको छ । इएमआई सुविधाको लागिग्राहकले सामसङले तोकेकाआधिकारिक आउटलेटहरुमा गई खरिद गर्नु पर्ने छ । यो योजनाजुनमहिनाको १ तारिखदेखि लागू भई योजना समाप्तभएको घोषणा नगरेसम्म नेपालअधिराज्यभरकालागू गरिएको छ ।

टिभि खरिदमाप्रदानगरिएको छुटका साथै टर्किस एयर, एस ट्राभल्स, भयोदा अस्पताल, के जिएचग्रुप जस्ता अन्यविभिन्न प्रतिष्ठित कम्पनीहरुसँग सहकार्य गरी तीकम्पनीले प्रदानगर्ने सेवामा छुटको लागिगिफ्ट भौचरको व्यवस्थापन मिलाएको छ ।

साथै उल्लेखित टिभिहरुको खरिदमा ग्राहकलाई विशेष कुपन प्रदान गरिने छ र प्राप्त हुने कुपनलाई लक्की ड्रमा समावेश गरिने बताइएको छ ।

लक्की ड्र मार्फतप्रथमहुनुहुने विजेताले टर्किस एयरको राउन्ट ट्रिप, तथा अन्य विजेताहरुले क्रमशः सामसङको फाइभ इन वन रेफ्रिजेरेटर, ग्यालेक्सी एस नाइन स्मार्टफोन, ग्यालेक्सी एससिक्स प्लस, ग्यालेक्सी सेभेन ड्यस जित्न सकिनेछ ।

यस योजनामा सहभागी हुन ग्राहकले टिभि खरिद गर्दा प्राप्तहुने कुपनलाई सुरक्षित राख्नु पर्दछ । लक्की ड्र को प्रक्रियालाई सामसङको आधिकारिक फेसबुक पेज facebook.com/samsungnepalofficial मा योजना समाप्त भएपछि गराइने छ ।