मनोरञ्जन

राजेशको ‘आइतबार’ बजारमा (भिडियो)

काठामाडौं । गायक राजेश राईको नयाँ म्युजिक भिडियो बजारमा आएको । ‘तोडियो’ , ‘अर्खौले बजार’ , ‘ए कान्छी’ जस्ता चर्चित गीत पस्किसकेका गायक राईले यो पटक भने ‘आइतबार’ नामक गीत लिएर दर्शक स्रोता माझ आएका हुन । निकै फरक शैलीको यस गीतलाई सुरेश अधिकारिले संगीत भरेका छन् । लगभग धेरै बर्ष अगाडि नै यस गीतलाई स्वयम सुरेश अधिकारिले आफ्नो स्वरमा रेकर्ड गराएका थिए ।

भोला श्रेष्ठको उत्कृष्ट शब्द रहेको यस गीतमा प्रेमिले आफ्नो प्रेमिकालाई हप्ता हप्ता दिन सम्म कुर्दा खेरी हुने सारिरिक तथा मानसिक अवस्थालाई समेटेका छन् । यस गीतमा विनय केटुको संगीत संयोजन रहेको छ ।

आइतबारकै दिन पारेर रिलिज गरिएको यस गीतको म्युजिक भिडियोमा भिमफेदी गाईजले अभिनय गरेका छन् । सधैं फास्ट विटको गीतमा देखिने भिमफेदी गाईजले यस भिडियो मार्फत दर्शकलाई केही फरक स्वाद दिन खोजेका छन् । भिडियोमा निर्मल लामा र जेनिलिया श्रेष्ठको दमदार अभिनय देख्न सकिन्छ ।

भिडियोलाई खिच्ने अनी निर्देशन गर्ने काम भने ज्ञानेन्द्र शर्माले गरेका छन् । भिडियोलाई पवन सुस्लिङ द मोन्टेजले सम्पादन गरेका छन् ।