आर्थिक

घट्यो शेयर बजार

काठमाडौँ । सोमबार केही बढेको शेयर बजार आज भने सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक १.९३ बिन्दुले घटेर एक हजार २३९.२६ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.६४ बिन्दुले घटेर २६०.४७ बिन्दुमा पुगेको छ । आज कूल १६० कम्पनीको नौ लाख ४७ हजार ३९३ कित्ता शेयर रु २९ करोड ९० लाख ९३ हजार ५७९ मूल्यमा खरिद बिक्री भएको छ ।

स्टकका अनुसार तीन उपसमूहको शेयर भने बढेको छ । फाइनान्स समूह २.१५, बीमा १.५९ र उत्पादन समूह ५.१२ बिन्दुले बढ्दा बैंकिङ २.९, होटल १४।५९, विकास बैंक ०.४७, जलविद्युत् २.२५, माइक्रोफाइनान्स १.१६ र अन्य समूहको शेयर भने स्थिर रहेको छ ।