समाचार

३ हजार ८ सय किलो सुनकाण्ड: गोरे, भुजुङ र छिरिङमाथि अनुसन्धान सुरु

काठमाडौं । ३ हजार ८ सय किलो सुनकाण्डका मुख्य अभियुक्तसहित ३ जना माथि सम्पत्ती शुद्धिकरणको अनुसन्धान सुरु भएको छ । सुन तस्करी प्रकरणका अभियुक्तहरु चुडामणी उप्रेती गोरे, भुजुङ गुरुङ र छिरिङ वाङगेलले गैर कानुनी रुपमा आर्जन गरेको सम्पत्ती माथि अनुसन्धान सुरु भएको हो ।

सम्पत्ती शुद्धिकरण विभागका अनुसार अनुसन्धानका क्रममा तिनैजनालाइ सफाइको मौका दिने तयारी गरिएको छ भने आवश्यकता अनुसार अभियुक्तहरुलाइ विभागमा झिकाइनेछ ।

अनुसन्धानका क्रममा तिनै जना अभियुक्त विरुद्ध अदालतमा दायर मुद्धालाइ आधार बनाएर विभाग निकट स्रोतले बतायो । शुद्धिकरण विभागले सोमबारमात्रै गोरे, भुजुङ र छिरिङलाइ अनुसन्धानका लागि काठमाडौंमा झिकाएको थियो ।