देश

आठ महिनापछि बालकको उद्धार

रुकुम । आठ महिनादेखि भारतमा हराइरहेका एक रुकुमेली बालकको आज उद्धार गरिएको छ ।  रुकुम (पूर्व) को सिस्ने गाउँपालिका वडा नं ७ का ११ वर्षीय रवीन परियारको उद्धार गरी आफन्तको जिम्मा लगाइएको जिल्ला बालअधिकार अधिकृत मानवीर ओलीले जानकारी दिए । आफन्तसँग भागेर भारतको बहराइज पुगेका उनी त्यहाँ एक महिना होटलमा काम गरिरहेका थिए ।

होटेलमा काम गर्दा साहुले कुटपिट गरेपछि बेपत्ता भई हराएको भन्दै खोजी गरिदिन आफन्तले जिल्ला बाल कल्याण समितिमा निवेदन दिएका थिए ।रवीनलाई भारतमा रहेको मेहाद संस्थाको सहयोगमा उद्धार गरेर आज आफन्तको जिम्मा लगाइएको बालअधिकार अधिकृत ओलीले बताए ।