अन्तर्राष्ट्रिय

ट्रम्प र किमले गरे सहमतिपत्रमा हस्ताक्षर, के छ सहमतिपत्रमा ?

काठमाडौं । प्योंगयांगलाई सुरक्षा ग्यारेन्टीको बदलामा पूर्ण परमाणु-निश्शस्त्रिकरणका लागि प्रतिबद्ध तुल्याउने एउटा संयुक्त सहमतिमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमले हप्ताक्षर गरेका छन्।

उक्त सहमतिपत्रले उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाबीच नयां सम्बन्धको पनि वाचा गरेको छ। ‌

बीबीसी सम्बाददाता लोरा बिकरका अनुसार ट्रम्प(किम घोषणापत्रका मुख्य चार बुंदाको भावानुवाद यसप्रकार छस्

१. संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया शान्ति र समृद्धिका लागि दुवै देशका जनताको चाहना बमोजिम नयां अमेरिकी(उत्तरकोरियाली सम्बन्ध स्थापना गर्न प्रतिबद्ध छन्।

२. संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले कोरियाली प्रायस्द्वीपमा दीगो र स्थायी शान्ति निर्माण गर्न आपसी प्रयासलाई एकतावद्ध तुल्याउनेछन्।

३. सन् २०१८ को एप्रील २७ तारिखमा भएको पाममुनजम घोषणापत्रप्रति समर्थन जनाउंदै, प्रजातान्त्रिक जनगणतन्त्र कोरिया कोरियाली प्रायस्द्वीपको पूर्ण परमाणु निशश्त्रीकरणका दिशामा काम गर्न प्रतिबद्धता व्यक्त गर्दछ।

४. संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया युद्धबन्दी र लडाईंका क्रममा बेपत्ता भएकाहरुको अवशेष खोजी गर्ने र पहिचान भैसकेका पार्थिव अवशेषहरुलाई सम्बन्धित देशमा तत्काल पठाउन पनि प्रतिबद्धता जनाउंदछन्।

सिंगापुरमा आयोजित हस्ताक्षर समारोहमा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमसंगको वार्ता कसैले अनुमान गरेभन्दा पनि राम्रो ढंगले सफल भएको बताए।

आफूहरुबीच विशेष सम्बन्ध बनेको पनि उनको भनाई छ।

उत्तर कोरियाली नेता किमले आफूहरु विगतलाई पछाडि छाड्न सहमत भएको बताए।

तर केहि विश्लेषकहरु उक्त सम्झौताप्रति उत्साही देखिएका छैनन्।

एकजनाले त्यसलाई एकदम पातलो र अर्थहीन समेत भनेर टिप्पणी गरेका छन्। -बिबिसी