साहित्य

राजु थापाको ‘शब्द ब्यारेक’ बजारमा

काठमाडौँ । भारतीय सेनामा कार्यरत गीतकार राजु थापाको गीति एल्बम ‘शब्द ब्यारेक’ बजारमा आएको छ ।

पन्ध्र वर्षदेखि गीत सिर्जनामा रमाउँदै आउनुभएका थापाको उक्त एल्बममा ‘यो साल पनि’, ‘कुवाको पानी’, ‘तिम्रो बिहे’, सधैँ हतार’, ‘अ‍ैले त अल्लारे’, ‘आमा’, ‘नटाढिनु है’, ‘सुख दिन नसकेनी’, ‘हैरान पार्ने’, ‘धनको गरीब भए पनि’ जस्ता १० वटा गीत समावेश छन् ।

पर्फर्मिङ आर्ट क्रियशन प्रालिले सार्वजनिक गरेको ती गीतमा स्वच्छा ठकुरी, अञ्जु पन्त, देव आले, शिव परियार, कृष्णभक्त राई, गोविन्द गुरुङ, कल्पना गौतम, चन्दा देवी र राजेश थपलियाको स्वर रहेको छ भने हरि लम्साल, देव आले, कृष्णभक्त राई, बिबी अनुरागी र विनोद खम्बुको संगीत रहेको छ ।

बाह्र वर्षदेखि भारतीय सेनाको गोर्खा राइफलमा कार्यरत थापाका लागि ‘शब्द’ र ‘ब्यारेक’ ले उहाँको जीवनमा नयाँ आयाम थपेको छ । थापाका प्रायः सबै गीत सरल र ओझिला छन् चलचित्र शिरफुलको ‘शिरैमाथि शिरफुल’, बोलको गीतमा मिडिया एण्ड इन्टरटेनमेन्टले प्रदान गर्ने यसवर्षको उत्कृष्ट गीततर्फको क्रिटिक्स अवार्ड पाउनुभएका उहाँका सात वर्षअघिको ‘यो साल पनि बाँझै बस्यो’ र चार वर्षअघिको ‘कुवाको पानी’ चर्चित थिए ।