देश

पोखरीमा डुबेर बालकको मृत्यु

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ स्थित पोखरीमा सोमबार साँझ एक बालकको डुबेर मृत्यु भएको छ । स्थानीय कैलाश साहका ११ वर्षीय छोरा देवकुमार साहको घर नजिकको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

केही दिनयता तराईमा बढेको अत्यधिक गर्मीका कारण गर्मी छल्नका लागि पोखरीमा पौडी खेल्ने क्रममा देवकुमारको डुबेर मृत्यु भएको स्थानीयवासीले जनाएका छन् । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ ।