आर्थिक

एनआईसी एशियाको थप २ नयाँ शाखा विस्तार, झापामा शाखारहित बैंकिङ्ग सेवा

काठमाडौं । एनआईसी एशिया बैंकले शाखा विस्तार गरेको छ । बैंकले सोमबार सर्लाही जिल्ला बरहथवा नगरपालिका वडा नं ५, बरहथवामा स्थापित बरहथवा शाखा, बागमती नगरपालिका वडा नं १२, बागमतीमा स्थापित बागमती शाखाको आईतबार विस्तार गरेको हो ।

बरहथवाका उद्योग वाणिज्य संघका अध्यक्ष निरन्जन प्रसाद दासबाट बरहथवा शाखाको र बागमती नगरपालिकाका मेयर भरत कुमार थापाबाट बागमती शाखाको उद्घाटन गरिएको छ । यसै साथ झापा जिल्ला बिर्तामोड नगरपालिकाको गरामनी बजारमा बैंकले नवांै शाखारहित बैंकिङ्ग सेवा आइतबार बाट नै संचालनमा ल्याएको छ । सो शाखारहित बैंकिङ्ग सेवाको उुद्घाटन प्रदेश नं. १(२ क) का प्रदेश सभासद माननीय एकराज कार्कीले गरे ।

उक्त शाखारहित बैंकिङ्ग सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा राजमणि पौडेललाई नियुक्त गरेको छ । एनआईसी एशिया बैंकले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे छ ।

बैंक मुलुकभर २१८ शाखा कार्यालयहरु, २१० एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ९ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकमा दर्ज हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू १६६ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुलकर्जा करिब रू ११६ अर्ब र कुलनिक्षेप करिब रू १४१ अर्ब पुगिसकेको छ ।

हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ । यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले यो बैंक निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहेको छ ।

साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।