आर्थिक

आइएम एस मोटर्सको साङयोङ – अन्बिटेबल डिस्काउन्ट अभियान सुरु हुदै

काठमाडौं । नेपालका लागि स्याङयोङ मोटर्सको आधिकारिक विक्रेता एवं आईएमएस ग्रुपअन्तर्गतको आईएमएस मोटर्सले यहि सोमबारदेखि, अन्बिटेबल डिस्काउन्ट अभियान सुरु गर्ने भएको छ ।

यस अभियान अबधिभर, आइएम एस मोटर्सले सिमित स्टक स्याङयोङ गाडीको खरिदमा, बजेट पुर्वकै मुल्यमा न्युनतम ५ लाख छुट दिने जनाएको हो ।

यस कोरियन लक्जरी एसयुभी ब्राण्ड, स्याङयोङले ग्राहकलाई प्रदान गर्ने सुबिधाहरु एक्सचेन्ज सुविधा, सरल फाइनान्सीङ, ३ वर्ष निशुल्क सर्भिसिङ्ग, ३ वर्षे वारेन्टी, चालु आर्थिक वर्षको निःशुल्य सवारी कर र निःशुल्क एक्सोसरिज

आइएम एस मोटर्सको सेल्स एण्ड अपरेसनका प्रमुख प्रबन्धक, सुदिप आचार्यले भने “हामी सधै ग्राहकलाई असल सुबिधादिनतत्पर रहन्छौँ, अहिलेको नयाँवित्तीयनीतिले अटोमोबाइलमा ४०५ सम्मको अन्तशुल्कबढाएको हुँदा, हामीले ग्राहकहरुलाईध्यानमा राखेर यो अभियान सुरु गर्न लागेका हौ”, आचार्यकाअनुसार यो छुट साङयोङ गाडीको सिमित स्टकको पूर्वनिर्धारित मूल्यमालागु हुनेछ ।

स्याङयोङ मोटर्स, दक्षिण कोरियाको सबैभन्दा उत्कृष्ठ र प्रतिष्ठितएसयूवी ब्रान्ड ओटो मोबाइल कम्पनि हो । आफ्नो स्थापनाबर्ष १९५४ देखि नै कम्पनीउत्कृष्ट प्रदर्शनका लागि सम्मानित हुदै आएको छ्र ।