राजनीति

गगन थापा भन्छन्, ‘पूर्बराजा ज्ञानेन्द्र, बिप्लब र त्रिबहादुर भन्दा प्रधानमन्त्री ओली संघीयताका बाधक हुन्’

काठमाण्डौ । नेपाली काँग्रेसका युवा नेता गगन कुमार थापाले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीयताको बिरोधीको आरोप लगाएका छन् ।

नेपाल बिद्यार्थी संघ काठमाण्डौले, काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै चित्रबहादुर केसी, नेत्र बिक्रम चन्द बिप्लव, पूर्ब राजा ज्ञानेन्द्र शाह भन्दा पनि बर्तमान प्रधानमन्त्री केपी शर्मा ओली संघीयताका लागी खतरा भएको बिचार ब्यक्त गरेका हुन् ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता थापाले आफ्नो भाषणको मूख्य समय संघीयताका लागी बोल्दै अब संघीयता र गणतन्त्र बचाउने जिम्मेवारी नेपाली काँग्रेसको भएको दाबी गरेका छन् ।

कार्यक्रममा उनले भने पूर्बराजा ज्ञानेन्द्र शाह नागरिक भईसकेकोले उनले हिँड्न डुल्न र बोल्न पाउने अधिकार सुरक्षित छ । उनले कार्यक्रममा नेपाल बिद्यार्थी संघका नेताहरुलाई निर्देशन दिदै भने ‘गणतन्त्र र संघीयता मासिने कुरा कतैबाट आए आन्दोलन गर्न तयार हुनुस ।’
पूर्ब स्वास्थ्य मन्त्री समेत रहेका नेता थापाले भने, “बीपी कोईरालाको ०१५ सालको निर्बाचनमा बहुमत पाएपछि कोईरालाको सरकार १० बर्ष टिकेको भए अहिले कसैले पनि रेलको सपना बुन्नुपर्ने अवस्था आउने थिएन ।”

सोमबार सम्पन्न कार्यक्रमको बिद्यार्थीहरुको भीडमा बोल्दै थापाले’ ‘ओली सरकारसंग आक्रोशित हुंदै बीपी कोईरालाको प्रधानमनत्रीत्वकालमा द्वारिकादेबी ठकुरानीलाई मन्त्री र धनमानसिंह परियारलाई काँग्रेसको शक्तीसाली पद महामन्त्री बनाइएको स्मरण गर्दै सबैपक्षबाट समाबेशीतालाई बलियो बनाए मात्र संघीयता र गणतन्त्री बलियो हुने तर्क गरेका छन् ।

सरकारले ३३ प्रतिशत महिलालाई सहभागीता गर्न नसकेको आरोपमा उनी ओली सरकारसंग जंगिएका थिए ।