आर्थिक

माछापुच्छ्रे बैंकको सिइओमा सुमन शर्मा

काठमाडौं । सोमबारदेखि सुुमन शर्माले माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत पदको कार्यभार सम्हालेका छन् ।  २१ बर्षको बैंकिङ्ग अनुभव भएका शर्माले नेपाल एसविआई बैंकबाट बैंकिङ्ग सुरु गरेका थिए ।

सो पश्चात शर्माले एन.एम.बि. बैंक र माछापुच्छ्रे बैंक हुंदै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए ।

माछापुच्छ्रेमाछापुच्छे« बैंकमा यस अघि शर्माले झण्डै ३ वर्ष नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेका थिए । बैंकिङ्ग क्षेत्रका विभिन्न विषयहरुमा विज्ञता हासिल गर्न भएका शर्मा कर्जा व्यवस्थापन र जोखिम व्यवस्थापनमा उत्कृष्ट मानिन्छन् ।

नेदरल्याण्डबाट वित्ततथा लेखाविषयमा स्नातकोत्तर गर्नुु भएको शर्माले भौतिकशास्त्र र अर्थशास्त्र विषयमा समेत स्नातकोत्तर गरेका छन् । शर्मा महेन्द्र विद्या भुषण (२०५४), महेन्द्र विद्याभुषण (२०६२), तारा पद चौधरी पदक जस्ता थुप्रै पदकबाट सम्मानित भएका छन् ।