विचित्र संसार

अन्तरिक्षमा बन्ने भयो यस्तो होटल !

काठमाडौं । अमेरिकी कम्पनी ओरियन स्प्यानले अन्तरिक्षमा विश्वकै पहिलो यस्तो लग्जरी होटल बनाउने योजना बनाएको छ, जसमा सम्पूर्ण सेवा सुविधा हुनेछन् ।

क्यालिफोर्नियास्थित सेनजोसमा स्पेस टू समिट कार्यक्रममा जानकारी दिइएअनुसार अन्तरिक्षमा विश्वकै पहिलो लग्जरी होटलको निर्माण गरिनेछ । उक्त होटलका नाम औरोरा स्टेशन राखिनेछ । उक्त होटलमा १२ दिने यात्रामा पुगेका अन्तरिक्षमाका दुई चालक दलसँगै छ जना मानिस आरामसँग बस्न सक्नेछन् ।

यो होटल सन् २०२२ सम्ममा तयार हुनेछ । तर उक्त होटलमा पुगेर बस्ने काम सजिलो भने हुनेछैन । यसमा १२ दिनसम्म बस्नका लागि अन्तरीक्ष पर्यटकले ९५ लाख डलर तिर्नुपर्नेछ ।

कम्पनीका अनुसार अन्तरीक्षमा बनाइने होटल सबै मानिसका लागि सुलभ बनाउने लक्ष्य उसको छ । साथै होटल निकै आरामदायी हुनेछ । यो होटलले हरेक ९० मिनेटमा पृथ्वीको परिक्रमा गर्नेछ । यसको अर्थ यस होटलमा बस्ने पाहुनाहरुले हरेक २४ घण्टामा लगभग १६ पटक सूर्योदय तथा सूर्यास्त देख्नेछन् ।

होटलको लम्बाई ४३।५ फिट तथा चौडाई १४।१ फिट हुनेछ । होटलमा उच्चगतिको वायरलेस इन्टरनेट सुविधा हुनेछ । जसका माध्यमबाट लाइभ भिडियो च्याट गर्न सकिनेछ । होटलमा फाइभ स्टार होटल सरहको सुविधा हुनेछ । -एजेन्सी