समाचार

राजधानीको आरके ज्वेलर्समा समितिले मार्यो छापा, ठूलो परिमाणमा सुन बरामद

काठमाडौं । ३ हजार ८ सय क्वीन्टल सुनकाण्डबारे अनुसन्धान गर्न बनेको बिशेष अनुसन्धान समितिले राजधानीको आर के ज्वैलर्समा छापा मारेको छ ।समितिले काठमाडौंको न्यूरोड र दरबारमार्गमा रहेको आरके ज्वलर्समा छापा मारेको हो ।

प्रहरीका अनुसार उक्त पसलमा छापा मार्न इश्वरराज पौडेलको नेतृत्वको समिति खटिएको थियो । छापा मारिएका उक्त पसलबाट सुन बरामद गरिएको समिति निकट स्रोतले बतायो । ज्वैलर्सका सञ्चालक राजेन्द्र शाक्य यसअघि नै पक्राउ परेका थिए ।