स्वास्थ्य

क्यान्सर पीडितलाई रु सात लाख सहयोग

भक्तपुर । विगत एक वर्षदेखि पाठेघरको क्यान्सर रोगबाट पीडित सबिना लामाको उपचारको सहयोगार्थ रु सात लाख ३६ हजार पाँच रकम आज हस्तान्तरण गरिएको छ ।

तेमाल गाउँपालिका–९ चोप्टार निवासी २१ वर्षीया लामाको पाठेघर क्यान्सरको उपचारका लागि विभिन्न दाताबाट रकम सबिना बचाउ अभियानका अभियन्ताले हस्तान्तरण गरेका हुन् । सानै उमेरमा क्यान्सरबाट पीडित हुनु परेकाले उनको उपचारमा सहज होस् भन्ने उद्देश्यले भक्तपुरमा आयोजित बृहत् साँस्कृतिक कार्यक्रमबाट समेत रकम संकलन गरिएको अभियानका संयोजक रोज लामाले जानकारी दिए ।