समाचार

संयुक्त संसद् बैठक स्थगित

काठमाडौँ । संघीय संसद्को दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को संयुक्त बैठक विशेष कारण जनाउँदै स्थगित भएको छ ।

आज अपराह्न १ बजेका लागि बोलाइएको संयुक्त बैठक प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षको निर्देशनअनुसार अर्को सूचना नभएसम्म स्थगित भएको संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।