समाचार

३ हजार ८ सय किलो सुनकाण्डः प्रहरी र अन्यलाई मुद्दा तर कसलाइ कस्तो मुद्धा ?

काठमाडौं । ३ हजार ८ सय किलो सुनकाण्डमा मुछिएका प्रहरी अधिकारीसहित अन्य तस्करहलाई अर्को मुद्धा पनि चलाईने भएको छ । प्रहरी अधिकारीले भ्रष्टाचार र अरुले सम्पत्ति शुद्धीकरण मुद्दा खेप्नुपरेको हो ।

सम्पत्ति शुद्धीकरण विभागका अनुसार सनम हत्या तथा सुनकाण्डका मुख्य नाइके भनिएका चुडामणि उप्रेती ‘गोरे’ सहित नेता भुजुङ गुरुङ र उनका सालो नाता पर्ने डा. डेबिटर भनिने छिरिङ वाङ्गेल घलेलाई राजधानी ल्याईएको छ । सोमबार बिहानै उनीहरुलाई काठमाडौँ ल्याईएको विभागको भनाइ छ ।

हालका लागि भने उनीहरुलाइ केन्द्रिय कारागारमा राखिएको छ भने सम्पत्ती शुद्धिकरण विभागले गृहमन्त्रालयका प्रतिनिधीको नेतृत्वमा गठित छानविन समितिले छानविन गर्ने जनाएको छ ।

ऐन, कानुन अनुुसार संगठित अपराध, आतंकवाद एवं कालो धनलाई सेतो बनाएवापत लाग्ने मुद्धामा सजाय दोब्बर हुन सक्छ अथवा उनीहरुले अहिलेसम्म आर्जन गरेको सम्पत्ती राज्यले जफत गर्न सक्छ ।

यसैबीच, प्रहरी अधिकारीमाथि पनि भ्रष्टाचार मुद्धा चलाईने भएको छ । सुन तस्करीमा मुछिएका पूर्वडीआईजी गोविन्द निरौला, एसएसपी श्याम खत्री, एसपी विकासराज खनाल, डीएसपी सञ्जय राउत र सई बालकृष्ण सञ्जेलविरुद्ध उक्त मुद्धा चलाइने तयारी गरिएको हो । मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेर्ने बताइएको छ ।