समाचार

चोरीको गहनासहित ४ जना समातिए

काठमाडौं । चोरीका गहनासहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । गएको १९ गते राजधानीको लैनचौरबाट गरगहना लुटिएको हो ।

उक्त ट्याक्सीलाइ सोमबार नियन्त्रण्मा लिइएको छ । ट्याक्सीको हुलिया पत्ता लगाई बुझ्दैँ जाँदा काठमाण्डौ जोरपाटी स्थित ५४ वटा ट्याक्सिहरुको समुहमा आबद्ध भइ सञ्चालन हुदैँ आएको ट्याक्सीलाई नियन्त्रणमा लिइएको छ ।

नम्बर नखुलेको ट्याक्सीले झोला चोरी गरी भागेको भनि महानगरिय प्रहरी बृतमा निवेदन परेको थियो ।

पक्राउ पर्नेहरुमा शुक्रबिर तामाङ, बिजेश तामाङ, चिनलाल तामाङ र लिला नाथ बिश्वकर्मा रहेका छन् ।

उनीहरुको साथबाट सुनको बेरुवा आठी थान १, चादीको ब्रास्लेट थान १, तिलहरी थान १, औठी थान २, बाला थान २, झुम्का थान ३, मोतिको माला , सुनको जन्तर थान २, सुनको तिलहरी थान १, सुनको पेन्डल थान २, सुनको तिलहरी थान ३, सुनको झुम्का थान २, रुखको फेद नजिक गाडि लुकाई राखेको सुनको सिक्रि थान १ , बिजेश तामाङ र चिनलाल तामाङको डेरा कोठाबाट उक्त चोरीको सुन वुक्री बाट आएको मध्येको नगद १ लाख समेत बरामद गरिएको छ ।

अपराध पछी फरार रहेका मुख्य अभियुक्त ट्याक्सी चालक शुक्रबिर तामाङलाई राजधानीको ठमेलबाट पक्राउ गरिएको छ ।