पर्यटन/संस्कृति

“कम्युनिटी होमस्टे संजाल” विकासका लागि बुकिङ्ग डट्कमले सहयोग गर्ने

काठमाडौं । दिगो तथा जिम्मेवार पर्यटनको अवधारणलाई आत्मसाथ गरी नेपालमा “संचालित कम्युनिटी होमस्टे नेटवर्क” लाई विश्वप्रख्यात एक बृहत इलोक्ट्रोनिक वाणिज्य (ई–कमर्स) कम्पनी – बुकिङ्ग डट्कमले बुकिङ्ग बूस्टर कार्यक्रम मार्फत विश्वसमुदायमा दिगो पर्यटन विकास र विस्तारमा कार्यरत स्टार्ट–अप कम्पनीरुमध्ये उत्कृष्ट १० को सूचीमा राख्दै करीब सवा ३ करोड (यूरो २२५,०००) राशीको अनुदान प्रदान गरेको छ ।

“कम्युनिटी होमस्टे नेटवर्क” नेपालमा रहेका कम्युनिटी होमस्टहेरुको संजाल हो, जसले विश्वव्यापी पाहुनाहरु (अर्थात पर्यटकहरुलाई) विशेष नेपाली समुदायको संस्कृति, रहनसहन, भेषभूषा, खानपीन लगायत विविध स्थानीय पक्षहरुको वास्तविक अनुभव प्रदान गर्ने सेवा उपलब्ध गराउँदछ । कम्युनिटी होमस्टे नेपालभरी स्थानीयहरुलाई पर्यटन सेवामा आबद्ध गराइ लाभान्वित गराउनुका साथै विभिन्न १३ वटा समुदायहरुमा महिला सशक्तिकरणमा समेत सहयोग पु¥याइरहेको छ ।

विश्वव्यापी बृहत ई–कमर्स कम्पनी– बुकिङ्ग डट्कम द्धारा संचालित “द बुकिङ्ग बूस्टर” एक ३ हप्ते क्षमता अभिवृद्धि र सदस्यता अभिमुखीकरण तथा सशक्तिकरण कार्यक्रम हो, जसले विश्वभरीबाट चयन भएका प्रत्येक कम्पनीहरुलाई यूरो ५००,०० राशी बराबरको अनुदान प्राप्त गर्ने अवसर प्रदान गर्दछ ।

गत मे १५ देखि ३१, २०१८ सम्म नेदरल्याण्डको एम्स्ट्र्डममा समपन्न उक्त कार्यक्रममा नेपालबाट ‘कम्युनिटी होमस्टे नेटवर्क’ का संस्थापक श्री शिव प्रसाद ढकालले सहभागिता जनाएका हुन । कार्यक्रममा बुकिङ्ग डट्कमले गन्तव्यहरुमा अधिक पर्यटकीय चाप न्यूनीकरण गर्न तथा वातावरणीय एवम सामाजिक पक्षहरुलाई सकारात्मक प्रभाव पर्नेगरी स्थानिय समुदायहरुको स्तरोन्नति र समृद्धिका लागि क्रियाशील रहेका विश्वसमुदायबाट आमन्त्रित १० कम्पनीरुलाई करीब २० लाख यूरो बराबरको राशी अनुदान गरेको थियो । नेपालबाट प्रथम पटक चयन भएको कम्युनिटी होमस्टेले यूरो २२५,००० धन राशी प्राप्त गर्नुका साथै बुकिङ्ग डट्कमका विविध रणनीतिक विशेषज्ञहरुबाट १ बर्ष अवधिभर निरन्तर सल्लाह–सुझाव तथा आवश्यक तालिमहरु प्राप्त गर्ने अवसर प्राप्त गरेको छ ।

साथै, बुकिङ्ग डट्कमले भविष्यमा संस्थाको विकासका लागि सम्भावित नविनतम अभ्यास तथा प्रयोगहरुका लागि समेत सहयोग र सहकार्य प्रदान गर्ने भएको छ ।

यस अतिरिक्त ‘एमाजोन वेब सर्भिसेस’ ले कम्युनिटी होमस्टेको अभ्यास एवम् सेवालाई प्रवर्धन गर्न क्रेडिट, टे«निङ्ग एण्ड सपोर्ट जस्ता एमाजोन अनलाईन सेवाहरु तथा सोतहरु उपलब्ध गराउने भएको छ ।