प्रवास

मदिरा उत्पादन गरेको आरोपमा ६ नेपाली समातिए

काठमाडौं । कुवेत प्रहरीले गैरकानुनी रुपमा मदिरा उत्पादन गरेको आरोपमा ३ महिलासहित ६ नेपालीलाई पक्राउ गरेको छ ।

साद अल अब्दुल्ला क्षेत्रमा बिक्री गर्न तयारी अवस्थाको २५० ब्यारेल तथा ९८० बोतल मदिरासहित उनीहरुलाई नियन्त्रणमा लिएको कुवेत प्रहरीले जनाएको छ ।

कुवेतमा गैरकानुनी रुपमा मदिरा उत्पादन, सेवन र बिक्री गर्न नेपालीसहितका विदेशी कामदार संलग्न हुँदै आएको पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष हरिकृष्ण कार्कीले बताए । –कान्तिपुर दैनिकबाट