देश

ट्र्याक्टर पल्टिँदा एकको मृत्यु

राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–६ स्थित पुलमा ट्र्याक्टर ठोक्किँदा आज बिहान एक जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १ त ५४५६ नम्बरको ट्र्याक्टर आफैँ अनियन्त्रत भई पुलमा ठोक्किँदा ट्र्याक्टरमा सवार खडक नगरपालिका–४ का १६ वर्षीय किरणकुमार रामको मृत्यु भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका रामको उपचारका क्रममा लहानस्थित सप्तऋषि अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै दुर्घटनामा परी सोही ट्र्याक्टरमा सवार खडक नगरपालिका–३ का ३५ वर्षीय सञ्जयकुमार चौधरी पनि घाइते भएको र उनको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ ।

ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।