आर्थिक

एनआईसीले पुनः ल्यायो १२ प्रतिशत प्रतिमहिनै ब्याज भुक्तानी दिनेगरी धनबर्षा योजना

काठमाण्डौ । एनआईसी एशिया बैंकले सबै बैंकभन्दा बढी ब्याज दिनेगरी १२ प्रतिशत ब्याज योजना सार्बजनिक गरेको छ । सबैभन्दा बढि निक्षेप संकलनगर्न सफल तथाकर्जा प्रवाहको हिसावले निजी क्षेत्रको बैंकहरुमध्ये दोश्रो ठुलो बैंकको रुपमा स्थापित भैसकेको एन आई सी एसिया बैंकले ग्राहकहरुको हितलाई ध्यानमा राखि सर्वाधिक उच्चव्याजदर सहितको मुद्दती निक्षेप योजना पुनः सञ्चालनमा ल्याएको व्यहोरा सहर्ष प्रेश बिज्ञप्तीमा जनाएको छ । धनवर्षा मुद्दती निक्षेप योजनानाम रहेको उक्त मुद्दति निक्षेप योजनामा मासिक रुपमा व्याज भुक्तानीको सुविधा सहित वार्षिक १२ प्रतिशत व्याज प्रदान गरिने बैंकको योजना छ ।

यस अघिपनि बैंकले सञ्चालनमा ल्याएको सर्वाधिक उच्च व्याजदर सहितको धनबर्षा मुद्दती निक्षेप योजना ग्राहकहरुमा लोकप्रिय भएको थियो । धनवर्षा मुद्दती निक्षेप योजनाप्रति ग्राहकहरुकोे आकर्षण र लोकप्रियताबाट उत्साहितहुँदै पुनः यस योजना सञ्चालनमा ल्याएको बैंकको तर्क छ । यस पटक समेत धनबर्षा मुद्दती योजनाबाट बढि भन्दा बढि व्यक्तिगत एवम् संस्थागत ग्राहकहरुले लाभ उठाउनु हुने बिश्वास बैंकले लिएको छ । यस योजना अन्तर्गत देशभर रहेका एनआई सी एसिया बैंकको कुनैपनि शाखाबाट जुनसुकै रकमको पनि मुद्दती निक्षेप खाताखोल्न सकिने छ । साथै एक बर्षको अवधिकोलागीखोल्न सकिने यस मुद्दति योजनामा जम्मा गरिएको रकमको ८० प्रतिशत सम्मकर्जा सुबिधासमेत उपलब्ध गराउन सकिने छ ।

समस्त ग्राहकवर्ग लगायत सबै सरोकारवालाहरुले बैंक प्रतिदर्शाउनुभएको प्रगाढ बिश्वास, अगाध स्नेह र भरोसाको फलस्वरुप हालसम्ममा२१८ शाखासहित निजी क्षेत्रको सबैभन्दा ठुलो शाखा सञ्जाल भएको तथा २१० एटिएमसहित मुलुककै सबै भन्दा ठुलो एटिएम सञ्जाल भएको बैंक बन्न सफल बैंक हो । । समग्रमा१४ वटा बिस्तारित काउण्टर, ९ वटा शाखारहित बैंकिङ्ग युनिट र कुल ५,५०० भन्दा बढि रेमिट्यान्स पेमेण्ट एजेण्ट (प्रत्यक्ष एबं अप्रत्यक्ष समेत गरि) सहित ५,९५१भन्दा बढि भौतिक सञ्जालमार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबै भन्दा ठुलो बैंक हुनएनआई सि एशिया बैंक सफल भैसकेको छ ।

सबैभन्दा ठूलो बैंक बन्न सफल उक्त बैंकको पछिल्लो (२०७४ चैत्र मसान्त) बित्तिय स्थितिको संक्षिप्त झलक:
कुल निक्षेप- रु १३३.७२ अर्व
कुल कर्जा – रु १०८.९६ अर्व
खरावकर्जा अनुपात- ०.२२ प्रतिशत
पुँजिपर्याप्तताअनुपात- १३.०३ प्रतिशत
प्राथमिक पुँजि एबं निक्षेप र कर्जाको अनुपात- ७८.१६ प्रतिशत
तरलता अनुपात  – २०.४२ प्रतिशत