विचित्र संसार

कस्तो विचित्र ? तलब नबढाउन माग गर्दै डाक्टरहरुले गरे आन्दोलन

काठमाडौं । तलब बढाउन माग गर्दै आन्दोलन गरिएका समाचार प्रशस्तै आउने गर्छन । तर क्यानाडामा भने तलव नबढाउन माग गर्दै डाक्टरहरुले आन्दोलन थालेका छन। ‘हामीलाइ धेरै तवल दिइएको छ’ भन्दै करिव ५ सय डाक्टरहरुले तलव नबढाउन र बढाइएको तलव फिर्ता लग्न भन्दै आन्दोलन थालेका हुन।

क्यानाडाको चिकित्सा महासंधले डाक्टरहरुको तलव बृद्दी गरेको सुचना निकाले लगत्तै डाक्टरहरुले आन्दोलन थालेका हुन। ‘हामी डाक्टरहरु प्रभावकारी सार्वजानिक सेवा प्रर्णालीमा बिश्वास गर्छौ। तलव बृद्दीमा बिश्वास गर्दैनौ।’ डाक्टरहरुले सार्वजानिक गरेको बिज्ञप्तीमा जनाइएको छ।

अस्पतालमा काम गर्ने नर्सले दैनिक बढी काम गर्न परेको, बिरामीहरुले उपचारखर्चका लागी बढी संघर्ष गरिरहेकावेला क्यानाडास्थित चिकित्सा महासंघले डाक्टरहरुको तलव बढाएको भन्दै डाक्टरहरुले आन्दोलन गरेका हुन। ‘तलव बढाइएको बिषय बढी दुखदायी छ। हाम्रो अस्पतालहरुमा काम गर्ने नर्स, सहयोगीहरु तथा अन्य कर्मचारीले कामकालागी बढी संषर्ष गरेर थोरै पैसा पाइरहेका बेला हामी डाक्टरहरुका लागी बढाइएको तलव हाम्रा लागी अश्वीकार्य छ।’ ५ सय जना डाक्टर लगायत १ सय ७३ जना मेडिकल बिद्धार्थीहरुले जारी गरेको बिज्ञप्तीमा जनाइएको छ।

२ सय १३ जना जेनेरल प्रयाक्टिसियन, १ सय ८४ बिशषेज्ञ, १ सय ४९ मेडिकल डाक्टर र १ सय ६२ मेडिकलका बिद्दार्थीले डाक्टरहरुका लागी बढाइएको तलव सरकार संयन्त्रमै फिर्ता पठाइनु पर्ने माग समेत गरेका छन । -एजेन्सी