आर्थिक

सिभिल बैंकद्वारा शिशु विद्याश्रम माध्यामिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण

काठमाडौं । सिभिल बैंक लिमिटेडले आफ्नोसामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शिशु विद्याश्रम माध्यामिक विद्यालय, राईनास, लमजुङलाई आज एक कार्यक्रममा ९ थान कम्प्युटर प्रदान गरेको छ ।

उक्त कम्प्युटरहरु सिभिल बैंककोउक्त क्षेत्रको क्षेत्रीय प्रबन्धक दूर्गा राज पाण्डेयद्वाराश्री शिशु विद्याश्रम माध्यामिक विद्यालयका ब्यवस्थापन सािमतिका अध्यक्ष शेर बहादुर अधिकारीलाई हस्तान्तरण गरे ।

उक्त कार्यक्रममा विद्यालयका संचालक समितिका पदाधिकारीहरु, विद्यार्थीहरु, अभिभावकहरु तथा सो क्षेत्रका उद्योगी, व्यवसायी, समाजसेवी लगायत गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

गुणस्तरिय शिक्षा नै समृद्धिको आधार भएको कुराको मनन गर्दै शिशु विद्याश्रम माध्यामिक विद्यालय, राईनास, लमजुङलाईकम्प्युटर हस्तान्तरण गरेको कुरा बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले बताए ।