अन्तर्राष्ट्रिय

ट्रम्पका लागि पुटिन तम्तयार

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग जुनसकै समयमा पनि भेट्न तयार रहेको बताएका छन् ।

अमेरिकाले चाहेमा म जुनसुकै बेला पनि भेट्न तयार छु, आइतबार उनले भने ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शिखर वार्तागर्न आफू तयार रहेको उनले आइतबार जानकारी दिनुभएको रुसी सञ्चारमाध्यमले जनाएका छन् ।

“जति चाँडो अमेरिकाले आफू तयार रहेको बताउछ, त्यति नै चाँडो म ट्रम्पसँग भेटवार्ताका लागि तयार छु,” चीन भ्रमणमा रहेका रुसी राष्ट्रपति पुटिनले संवाददातासँग भने।