पु.समाचार

शंखमुलमा सरकारी गाडी जलाइयो

काठमाडौं । राजधानीमा अज्ञात समूहले सरकारी गाडीमा आगजनी गरेका छन् । राजधानीको शंखमुलस्थित यूएनपार्क छेऊमा अज्ञात समूहले आगजनी गरिएको हो ।

प्रहरीका अनुसार आइतबार दिउँसो तिर सो गाडीमा आगो लगाइएको हो । गाडी राजश्व तालिम केन्द्र, हरिहर भवनको रहेको प्रहरीले बताएको छ । आगोजनी गरिएको गाडीको नम्बर बा १ झ ८८१८ रहेको प्रहरीले बतायो ।

आगजनी गर्ने समूह फरार रहेको र खोजी भइरहेको काठमाडौं प्रहरीले बताएको छ ।