कृषि

कृषक पुरस्कृत

बाबियाचौर । बेनी नगरपालिका १० पात्लेखेतका कृषक पुरस्कृत भएका छन् । वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा विसं २०७४ मा कृषि र पशुपालनको विभिन्न विधामा उत्कृष्ट काम गर्ने पाँचजना कृषक छनोट गरेर रु पाँच हजार पुरस्कार सहित प्रमाणपत्र गरिएको हो ।

फलफूलतर्फ भक्तबहादुर खत्री क्षेत्री, तरकारीको बीउमा कृष्णबहादुर पाइजा, पशुपालनमा भवीन पाइजा, बेमौसमी आलुखेतीमा इन्द्रदेवी गर्बुजा र ताजा तरकारीखेतीमा मोतीलाल रोकालाई पुरस्कृत गरिएको वडा सचिव तिलक पौडेलले जानकारी दिए ।

कृषि व्यवसायतर्फ आकर्षित तथा प्रोत्साहित गर्ने उद्देश्यले शुरुवात गरिएको यो कार्यक्रमलाई आगामी वार्ष निरन्तरता दिने कार्यबाहक वडाध्यक्ष लोकबहादुर पुनले बताए ।