समाचार

असल शासन अभियान समुह (भ्रष्टाचार विरुद्ध अभियान)

काठमाडौं । इटहरी उपमहानगरपालिकामा असल शासन अभियान समुहको बैठक सम्पन्न भएको छ । शनिवार समूहका उपाध्यक्ष आर सि अधिकारी को अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको हो ।

असल शासन अभियान समुहको बैठकमा भावी रणनीति, चुनौती, कार्यक्रमका योजना, समाजमा रहेका बिकृति विसङति लगायतबारे छलफल भएको छ ।
समूहको शनिबारको बैठकले अभियानलाई प्रभावकारी बनाउन तीन वटा समिति तत्काल चयन गरेको छ ।

जसमा आर्थिक संकलन समिती ,सदस्य संख्या विस्तार समिति ,विधान तयार गर्ने समिति, मुल्य वृद्धि र जानकारी समिति लगायतका समिति चयन गरिएको छ ।
शनिबारको बैठकले मुल्य वृद्ध र जानकारी समितिमा खुशी लम्साल, इन्दिरा गेलाल, कन्चन सुवेदी, मदन रेग्मी, मिलन शाह ,प्रदीप लुइँटेल, रोहन निरौला चयन गरेको छ ।

त्यस्तै, विधान समितिमा कृष्ण थापा, आर सि अधिकारी, निरज निरौला, हिरा आचार्य , प्रदीप कटुवा चयन भएका छन् भने सदस्य विस्तार समितिमा हिरा आचार्य, कृष्ण थापा, निरज निरौला, भानुभक्त लुइँटेल, सावित्रा थापा, राजु ठट्टाल, विमला तामाङ, इन्दिरा गेलाल, प्रदीप कटुवा, रविन चौधरी चयन भएका छन् ।

आगामी दिनमा समाज देखा परेका विकृति, विसङती, जनतालाई अनुभुती हुने खालका कार्यक्रमका बारेमा पनि छलफल भएको समूहका उपाध्यक्ष आर सी अधिकारीले जानकारी दिए ।

यो अभियान देश व्यापी रूपमा संचालन गरिने उपाध्यक्ष अधिकारीले बताए ।

समूहले असल शासन अभियान समुह (भ्रष्टाचार विरुद्ध अभियान) इटहरी, सुनसरीबाट सरुवा गरि देशव्यापी रूपमा संचालन गर्न लागिएकाले यस अभियानलाइ सफल पार्न सहयोग, सल्लाह र सुझाव का लागि अपिल गरेको छ ।