सूचना प्रविधि

खोजमूलक समाचार लेखन तथा सम्पादन तालीम शुरु

काँकडभिट्टा । पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नारी सञ्चार गृह झापाले सात दिवसीय खोजमूलक समाचार लेखन तथा सम्पादन तालीम शुरु गरेको छ ।

शनिबारबाट चारआलीमा शुरु गरिएको तालीममा महिला पत्रकारसहित ४० जनाको सहभागिता रहेको छ । मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले उद्घाटन गर्नुभएको तालीमको अध्यक्षता संस्थाकी अध्यक्ष अम्बिका भण्डारीले गरेका थिए ।

तालीमको सहजीकरण खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँले र नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य मोहन काजीले गरेका छन् ।