कृषि

सुनसरीको कुखुरा फार्ममा आगलागी

इटहरी । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–३ भरौलमा रहेको बाबुराम तामाङको कुखुरा फार्ममा आज अकस्मात विद्युत सर्ट भई आगलागी हुँदा रु १७ लाख बराबरको क्षति भएको छ ।

तामाङको कुखुरा फार्ममा आगलागी हुँदा सो फार्ममा पालिएका एक हजार पाँचसय कुखुरा जलेर नष्ट हुनुका साथै फार्म समेत पूर्णरुपमा नष्ट हुँदा सो बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय, महेन्द्रनगर, चक्रघट्टीले जानकारी दिएको छ ।

आगलागी स्थानीयवासी र प्रहरीको सक्रियतामा नियन्त्रणमा लिइएको थियो ।