मनोरञ्जन

कलाकारहरुको दमदार प्रस्तुतीका साथ जनचेतनामुलक कार्यक्रम सम्पन्न

काठमाडौं । फोहोरमहिला ब्यबस्थापन सम्बन्धी जनचेतना मुलक कार्यक्रम आज राजधानीमा सम्पन्न भएको छ । कृएटिभ सरसफाई र नारायनटार युवाक्लबको संयुक्त आयोजनामा कार्यक्रम राजधानीको गोकर्णेश्वर नगरको जोरपाटीमा सम्पन्न भएको हो ।

कार्यकममा ट्वाक्क टुक्क रिटन्सका कलाकारहरु बिन्दा खतिवडा, आशिष ठकुरी, दिवाकर घिमिरे, टिकाराम आचार्य र सुबोद बस्नेत ले नाटक पनि प्रस्तुत गरेका थिए ।आशिष ठकुरी र दिवाकर घिमिरेले भने दमदार जनचेतनामुलक प्रहसन पनि प्रस्तुत गरेका थिए । कलाकारहरुको प्रस्तुतीले माहोल निकै गर्माएको थियो ।

कार्यक्रम गोकर्णेश्वर नगरपालिका का मेयर सन्तोस चालिसेको प्रमुख आतिथ्यता र बबरमान तामाङको सभापतित्वमा सम्पन्न भएको थियो ।