पु.समाचार

टायर पञ्चर हुदाँ तारा एयरको विमान दुर्घटना, यस्तो छ यात्रुको अवस्था

काठमाडौं । जुम्लामा विमान दुर्घटना भएको छ । तारा एयरको विमान शनिबार दिउसो दुर्घटनामा परेको हो । प्रहरी स्रेतका अनुसार विमानमा सवार सबै यात्रु सकुशल रहेको छ । नेपालगञ्जबाट छुटेको विमान ल्याण्ड गर्ने क्रममा टायर पञ्चर भएको प्रहरीको भनाइ छ ।

विमानमा सवार १८ यात्रु र चालकदलका तीन सदस्य सकुशल रहेको यति एयरलाइन्सका व्यवस्थापक भीमराज राईले जानकारी दिए । दुर्घटनामा विमानको अगाडिको भागमा क्षति पुगेको छ ।

तारा एयरको विमान धावन मार्गमा अवतरणका क्रममा चक्का पङ्चर भई विमान चिप्लिएर दुर्घटना भएको र चालकदलका सदस्यसहित सबै यात्रु सकुशल रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

अपराह्न करिब ३ः०० बजे विमान जुम्ला विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको थियो ।