अन्तर्राष्ट्रिय

अमेरिकी विदेशमन्त्री भन्छन्: चीनको भूमिका महत्वपूर्ण

वासिङ्टन । अमेरिकी विदेशमन्त्री माइक पेम्पेओले कोरियाली प्रायद्धीपको विषयमा चीनको भुमिका महत्वपूर्ण रहेको बताएका छन् ।

केही विदेशी सञ्चारमाध्यमलाई दिएको अन्तरवार्तामा उनले भनेका छन्— यस विषयमा चीनको भूमिका महत्वपूर्ण हुनेछ, उसले खेल्ने भूमिकाको बारेमा हामीले प्रसस्त मात्रामा कुरा गर्ने सक्नेछौँ ।

अमेरिका र उत्तर कोरियाबीच आगामी मङ्गलबार शिखर वार्ताको आयोजना गरिएको छ । त्यसका लागि दुवै देशले वार्ताको अन्तिम तयारी भएको जनाएका छन् ।

सो वार्ताको बारेमा अमेरिकी विदेशमन्त्रीले दिनुभएको यो प्रतिक्रियालाई अर्थपूर्ण रुपमा लिइएको ती अन्तरवार्तामा पनि विभिन्न छ ।

उहाँको भनाई थियो चीनले अहिलेसम्म खेलेको भूमिका भने सकारात्मक नै छ । यसै वार्ताको विषयलाई लिएर उत्तर कोरियाली नेताले चिनियाँ राष्ट्रपति किम जोङ उनसँग भेटवार्ता गरिसक्नुभएको छ त्यसैले यो वार्ताको वातावरण निर्माण पनि भएको छ ।

चीनले सकारात्मक र रचनात्मक रुपमा यस वार्तालाई लिने हो भने कोरियाली प्रायद्धीपमा शान्तिको स्थापना र दुई कोरियालीबीचको युद्धको अन्त्य धेरै टाढा छैन— सो अन्तरवार्तामा उनले बताएका छन् ।

विदेशमन्त्री पेम्पेओ आगामी जुन १४ मा चीन जाने भएका छन् । सो अन्तरवार्तामा उनले आफू आगामी हप्ता चीन भ्रमणमा जान लागेको कुरा पनि सार्वजनिक गर्नुभएको छ ।

उनले भनेका छन्— चीन अमेरिकापछिको विश्वको ठूलो अर्थतन्त्र र उत्तर कोरियाको छिमेकी पनि हो यस कारणले पनि अमेरिका र उत्तर कोरियाबीचको आगामी शिखर वार्ताबारे उसले निर्वाह गर्ने भूमिका बडो महत्वपूर्ण हुनेछ ।

यसै अन्तरवार्तामा उहाँले सकारात्मक भूमिका खेल्न पनि चीनलाई सुझाव दिएका छन् । उनले कोरियाली प्रायद्धीपको समस्यालाई शान्तिपूर्ण मध्यमबाट समाधान गर्नु नै सबैको हितमा रहेको पनि बताएका छन् ।