स्वास्थ्य

बेताहा खोलामा शहरी स्वास्थ्य केन्द्र

लहान । सिरहाको उत्तरी पहाडी भेगस्थित भित्री बेताहा खोला गाउँको आधारभूत विद्यालयस्थित शहरी स्वास्थ्य केन्द्रको वडाध्यक्ष तेजनारायण चौधरीले उद्घाटन गरेका छन् ।

पचहत्तर घरधुरी मात्र भएको सानो गाउँमा स्वास्थ्य केन्द्र बन्दा स्थानीय बासिन्दा खुशी छन् । बेताहा खोला गाउँमा एक चिकित्सक पनि नभएको र सामान्य ज्वरो आउँदा सिटामोल लिन ढोढना स्वास्थ्यचौकी पुग्न उकालो ओरालो काटी दुई घण्टा पैदल हिँड्नुपथ्र्यो ।
शहरी स्वास्थ्य केन्द्र बेताहा कार्यालय भवन निर्माणका लागि सोममाया तामाङ र गंगीमाया तामाङले तीन कट्ठा जग्गा दिएका थिए ।