स्वास्थ्य

डा देबकोटाकी श्रीमती मधु भन्छिन्, ‘उहाँ हामीसंगै हुनुहुन्छ, मध्यरातमा भएका हल्लाहरु असत्य हुन् ।’

काठमाण्डौ । बरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देबकोटाको बिषयमा सामाजिक सञ्जालमा भएको अनावश्यक हल्लाले उनको परिवार स्तब्ध भएको छ । ५ महिना अगाडी बेलायत गएर उपचार गराएपछि पीत्तको क्यान्सर पत्ता लागेपछि उनले नेपालमा उपचार गराउने ईच्छा ब्यक्त गरेपछि ल्याइएको थियो ।
बाँसबारीस्थीत न्यरो अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. बसन्त देबकोटाका अनुसार भेन्टिलेटरबाट निकालेर आईसियूमा उपचार गराईरहेका डा. देबकोटाको स्वास्थ्यमा केही सुधार देखिएको छ, घरि घरि सिकिस्त समेत हुने गर्छन् ।

डा देबकोटाकी श्रीमती मधु भन्छिन्, ‘उहाँ हामीसंगै हुनुहुन्छ, मध्यरातमा भएका हल्लाहरु असत्य हुन् ।’
राती कतिपय नेपालीहरुले ज्यूदो मान्छेलाई नै हार्दिक श्रद्धान्जली जस्ता अपुष्ट कुराहरु भाईरल बनाउनेगी सामाजिक संजालमा लेखेपछि परिवार स्तब्ध भएको हो ।