पु.समाचार

सुन तस्करीका मुख्य लगानीकर्ता अग्रवालको घरमा प्रहरीको छापा, २२ लाख नगद बरामद

काठमाडौँ । सुन तस्करीका मुख्य लगानीकर्ता भनिएका मोहन अग्रवालको घरमा प्रहरीले छापा मारेको छ । विशेष अनुसन्धान समितिले शुक्रबार अनामनगरस्थित अग्रवालको घरमा छापा मारेको हो ।

त्यस क्रममा २२ लाख नगद, केही थान सुनको बिस्कुट, सुन ओसारपसारका लागि बनाइएका विशेष खालको ज्याकेट, दर्जन जति गाडीका साँचो, एउटा गाडी बरामद गरेको समिति संयोजक ईश्वरराज पौडेलले जानकारी दिए ।

त्यस्तै, केही थान कम्प्युटर, दर्जन मोबाइल सेट, विभिन्न बैंकका चेकबुक, केही थान इन्डियन सीमकार्ड र दुबई आउजाउका क्रममा ल्याइएको महागा रक्सी समेत बरामद गरिएको छ ।

कान्तिपुरका अनुसार, करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणको प्रहरीले अनुसन्धान थालेपछि अग्रवाल फरार थिए ।