देश

चट्याङबाट ठूलीमायाको मृत्यु

हेटौँडा । मकवानपुरको गढी गाउँपालिका–२ मा आज अपराह्न चटयाङ लागेर सोही वडाकी ६२ वर्षीया ठूलीमाया नेगीको मृत्यु भएको छ ।
चट्याङ लागेर गम्भीर घाइते नेगीको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनामा परी सोही वडाकी ५२ वर्षीया बुद्धिलक्ष्मी लो र २५ वर्षीया लक्ष्मी लो घाइते भएकामा हेटौँडा अस्पतालमा उपचार भइरहेको बताइएको छ ।