पर्यटन/संस्कृति

तीन प्रज्ञा–प्रतिष्ठानलाई एउटैमा नगाभ्न माग

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलाई आज दुई जनसांस्कृतिक महासंघ नेपालले तीन प्रज्ञा–प्रतिष्ठान नगाभ्न माग गदै ज्ञापनपत्र बुझाएका छन् ।

नेपाल प्रंज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीलाई जनसाँस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राई र जनसाँस्कृतिक महासंघ नेपालका अध्यक्ष सरल सहयात्रीले नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा– प्रतिष्ठानलाई एउटैमा नगाभ्न आग्रह गरे । आगामी आवको बजेटमा सरकारले तीन प्रज्ञा–प्रतिष्ठानको काम एउटै प्रकृतिको भएकाले गाभ्ने जनाएको छ ।

ज्ञापनपत्र बुझ्दै मन्त्री अधिकारीले बजेटमार्फत गाभ्ने कुरा आए पनि अहिले त्यसबारे निर्णय नभएको बताए । प्रदेशमा प्रज्ञा संस्था बनाउँदा एउटै बनाइने तर केन्द्रमा आवश्यक अध्ययन गरेर मात्र निर्णय लिइने बताए । मन्त्री अधिकारीले प्रतिष्ठानको गरिमालाई उच्च बनाउन सरकार लागिरहेको छ भन्दै तीन वटालाई अहिले एउटै बजेट छुट्टाइएको र अध्ययन गरिसकेपछि मात्र के गर्ने भन्ने थाहा हुने जानकारी गराए ।

ज्ञापनपत्रमा प्रज्ञा–प्रतिष्ठान एउटै जस्तो लागे पनि विधागत क्षेत्र, कामको प्रकृति, प्रस्तुति र प्रभावको दृष्टिले साहित्य, सङ्गीत–नाटक र ललितकलाको आआप्mनै विशिष्टता रहेकाले नगाभ्न आग्रह गरिएको छ । महासंघका अध्यक्ष राईले अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिष्ठानको आवश्यकता नबुझेर तीन प्रतिष्ठानलाई एउटैमा गाभ्ने कुरा गरेको आरोप लगाए ।

‘‘सरकारबाट आएको यो प्रस्ताव संस्कृतिभित्र रहेका विशिष्टतालाई ध्यान नदिई, त्यसको अस्तित्व समाप्त गर्ने गरी, अरु कुनै विकल्पको बारेमा उल्लेख नगरी आएको हुनाले सरकारको मनशाय असलै भए पनि त्यो प्रतिविम्बित हुन सकेको छैन’’, ज्ञापनपत्रमा भनिएको छ ।

विसं २०६२। ६३को जनान्दोलनमा उठेको आवाजलाई मान्यता दिई सरकारले एउटै प्रतिष्ठानलाई तीन प्रतिष्ठान गरेर अलगअलग बनाएको हो ।