काठमाडौँ । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले विद्यार्थीलाई पढाइ सके पछि विदेशै जानुपर्छ भन्ने मान्यता परिवर्तन गर्न आग्रह गरेका छन्।
थापाथली इञ्जिनियरिङ क्याम्पसका नवप्रवेशी विद्यार्थीको स्वागत र पुराना विद्यार्थीको बिदाइ कार्यक्रममा उनले कृषि क्षेत्र लगानीको मेरुदण्डका साथै विद्यार्थीका लागि पनि उर्वरक्षेत्र भएको उल्लेख गरे।
विदेशमा जति समय काम गरिन्छ त्यति समय स्वदेशमा परिश्रम गर्ने हो भने विदेशमा गर्ने आम्दानी भन्दा स्वदेशको आम्दानी दोब्बर हुने मन्त्री खनालले दाबी गरे ।
उनले ‘‘कृषिलाई पर्यटन, अर्गानिक र जलस्रोतसँग जोडेर व्यावसायिक योजना बनाउनुहोस् सरकार युवाका लागि न्यूनतम ब्याजदरमा कर्जा लगानी गर्न तयार छ ।”