देश

रंगेली नगरपालिकाको सडक विस्तार तिब्र

विराटनगर । मोरङ जिल्लाको रंगेली नगरपालिका–५ मा रहेका सडक विस्तार गरिएका छन् ।

उक्त वडामा रहेका करीब सात वटा भन्दा बढी सडकमा विस्तारका लागि रु ५० लाख लागेको वडाध्यक्ष महानन्द मण्डलले बताए ।
बिपी आश्रमदेखि आमगाछीसम्मको चार किलोमिटर, झुुंगिटोलदेखि धनपटी जोडने पाँच किलोमिटर, मधुुवनी आमगाछी जोडने चार किलोमिटरलगायतका सडक विस्तार गरिएका हुन् । ती सडक २० देखी २५ फिट फराकिला छन् ।

वडाध्यक्ष मण्डलले आगामी पाँच पाँचवर्षभित्र सम्पूर्ण सडक पिच गर्ने लक्ष्यअनुुसार सडक विस्तार गरिएको बताए । सडक निमार्ण एवं विस्तारको कामलाई उक्त वडाले पहिलो प्राथमिकतामा राखेको छ ।
उनले वडाका सडक कालोपत्रेका लागि सांसद विकास कोष र नगरपालिकासँग आवश्यक बजेट उपलब्ध गराउन आग्रह गरिएको जानकारी दिए ।