समाचार

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

भक्तपुर । भोजपुर चरनदी घर भई हाल चा“गुनारायण नगरपालिका–७ खरिपाटी बस्ने उमेश माझीले बन्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

खरिपाटीस्थित राममाया कार्कीको घरमा डेरा गरी बस्ने माझीले गएराति सुतिरहेको अवस्थामा २८ वर्षीया श्रीमती सलेना माझीको टाउकोमा बन्चरोले हानेर हत्या गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले बन्चरो प्रहारबाट सख्त घाइते सलेनाको उपचारका क्रममा न्यूरो अस्पताल बा“सबारीमा मृत्यु भएको बताए ।

श्रीमतीलाई बन्चरो प्रहार गरी फरार रहेका उमेश माझीको खोजी कार्य जारी रहेको र घटनाको अनुसन्धान शुरु गरेको उनले जानकारी दिए । माझीको ११ वर्षीया छोरी र सात वर्षीय छोरा छन् ।