राजनीति

कांग्रेस पक्षधर ठेकेदार व्यावसायीले सरकारलाइ दिए अहिलेसम्मकै कडा चेतावनी

काठमाडौं । नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघले सरकारलाइ निर्माणको काम नै रोक्ने चेतावनी दिएका छन् । जिल्ला प्रशासन कार्यालयहरुले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएको भन्दै व्यावसायी संघ उत्रेको हो ।

जिप्रकाले आफ्नो कार्यक्षेत्र बाहिर गएर निर्माण व्यवसायीहरु पक्राउ गर्ने र बयान लिने गरेको संघको आरोप छ । शुक्रबार एक विज्ञप्ती जारी गर्दै व्यावसायी संघले कार्यक्षेत्रको दायरा बाहिर गएर ठेकेदार पक्राउको कामलाइ निरन्तरता दिईए देशभरीको निर्माणको काम ठप्प पार्ने चेतावनी दिएको छ ।

सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ मात्रै आफूहरुलाई कारबाही गर्न मिल्ने उनीहरुको भनाइ छ । ‘ऐन नियम विपरीत निर्माण व्यवसायीहरुलाई पक्रने थुन्ने कार्यले सम्पूर्ण निर्माण व्यवसायीहरुलाई त्रसित र आतंकित बनाएको छ ।’ शुक्रबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।