समाचार

संसदमा दाताको दानैदान, कसले के दियो ?

काठमाडौँ। सांसद भीम रावलले बुधबार यस्तो ट्वीट गरे — सांसदलाई प्रशिक्षण दिनुपर्ने भए स्रोत र जनशक्ति नेपालमै छन्, विदेशी गुहारेर नेपालका विधायिकाको मर्यादा घटाउने काम कसैले नगर्नु देश र जनताप्रतिको ईमानदारी हो ।

युएनडीपीको लगानीमा संसद् सचिवालयले बुधकार र विहीबार सांसदलाई दिएको तालिमको विरोधमा उनले यस्तो ट्वीट गरेका हुन् । सामाजिक सञ्चालनमा उनले युएनडीपीको लगानीमा भएको तालिमको खुलेर विरोध गरे ।

उनीजस्तै युएनडीपीको लगानीमा तालिम गराईएको भन्दै विरोध गर्ने धेरै सांसद तालिममा सहभागी नै भएनन् ।

कसले के दिए ?
सांसद बोक्ने बस – भारत
जिप, मोटरसाईकल र कम्प्युटर – चीन
३० वटा गाडी संसदभित्रका गतिविधि प्रसारण प्रविधि, कार्पेट र पर्दा – युएनडीपी
टेलिभिजन सेटहरु – इएसआईडी,
गाडीहरु – दक्षिण कोरिया,
कर्मचारीलाई कम्युटर – चीन र युएनडीपी,

सवारी साधान, कम्प्युटर, प्रिन्टर, फोकोकपी मेसिन, डिजिटल, क्यामेरा, टेबल, कुर्सी, पर्दा, फ्याक्स, माईक सिस्टम, सुचना केन्दै, आन्तरिक ब्रोडकास्टिङ सिस्टम र नेटवर्किङ भारत, चीन, युएनडीपी, गणतन्त्र कोरिया, युएसएड, संवैधानिक संवाद केन्द्र, द कोरिया फाउन्डेसन र ईन्टरनेसनल आइडियो
कृषि समितिको हल निर्माण एसिया फाउन्डेसन ।,आजको कान्तिपुर दैनिकमा यो खबर छ ।