साहित्य

लायन्सद्वारा राससकर्मी गौतम पुरस्कृत

बाबियाचौर, म्याग्दी । लायन्स क्लब अफ बेनी पिस सिटीले म्याग्दीस्थित राससका समाचारदाता सन्तोष गौतमलाई बिहीबार पुरस्कृत गरेको छ ।

क्लबको तेस्रो अधिवेशनको अवसरमा आयोजित समारोहमा म्याग्दीको सामाजिक विकास र मानवीय सेवामा पत्रकारिताको माध्यमबाट योगदान गरेकामा राससका बाबियाचौर, म्याग्दी समाचारदाता गौतम र स्थानीय पत्रकार प्रताप बानियाँलाई नगद रु तीन हजारका दरले पुरस्कृत गरेको हो ।

क्लबका अध्यक्ष राजेश शाक्य, कोषाध्यक्ष भोजबहादुर रिजाल, सचिव सन्दिप खत्रीलगायतले पुरस्कार प्रदान गरेका थिए । गौतम विसं २०६४ देखि राससमा म्याग्दीबाट समाचारदाताको रुपमा कार्यरत छन् ।

यसैगरी, अधिवेशनबाट लोकबहादुर पुन (लोकेश) अध्यक्ष, खमबहादुर थापा प्रथम उपाध्यक्ष, सुवर्ण रिजाल द्वितीय उपाध्यक्ष, नरेश श्रेष्ठ तृतीय उपाध्यक्ष, भोजबहादुर रिजाल सचिव, वीरेन्द्र श्रेष्ठ कोषाध्यक्ष रहेका सन् २०१८/१९ का लागि नयाँ कार्यसमिति चयन भएको छ ।