स्वास्थ्य

विश्व रक्तदाता दिवसका कार्यक्रम शुरु

काठमाडौँ । विश्व रक्तदाता दिवसका अवसरमा रक्तदानसम्बन्धी जनचेतनामूलक जानकारी दिने उद्देश्यले आजदेखि सप्ताहव्यापी कार्यक्रम शुरु भएको छ ।

ब्लड डोनर्स एशोसिएशन, नेपालको मुख्य आयोजनामा विभिन्न संघसंस्थाको संमन्वयमा आजदेखि यही जेठ ३१ गतेसम्म रक्तदानसम्बन्धी विभिन्न कार्यक्रम हुँदैछ ।

प्रत्येक वर्ष जुन १४ मा पर्ने उक्त दिवसका सन्दर्भमा रक्तदानसम्बन्धी महिला अन्तक्र्रिया हुँदैछ भने शनिबार बृहत् रक्तदान तथा नेगेटिभ रक्तसमूह अन्तक्र्रिया हुनेछ । यही जेठ २७ गते युवा रक्तदाता भेटघाट, २८ गते उपत्यकाव्यापी विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, २९ गते उपत्यकाव्यापी विद्यालयस्तरीय चित्रकला प्रतियोगिता, ३० गते रक्तदान जनचेतना ¥याली र जेठ ३१ गते बृहत् रक्तदान, विश्व रक्तदाता दिवस मूल समारोह कार्यक्रम तथा दीपप्रज्वलन कार्यक्रम रहेको छ ।

एशोसिएशनका कार्यबाहक अध्यक्ष रमेशध्वज बस्नेतले रगतको अभाव हुन नदिनका लागि आफ्नो संस्थाको प्रयास जारी रहने बताउँदै यस सप्ताहब्यापि अवधिमा जनचेतना फैलाउने र उत्प्रेरणा दिने खालका कार्यक्रम गरिने जानकारी दिए ।

एशोसिएशनका सदस्य विनोद तुलाधरले उक्त संस्थाले विगत २५ वर्षदेखि रक्तदानको क्षेत्रमा काम गर्दै अएको जानकारी दिए ।