कृषि

एक घर चार तरकारीका बिरुवा वितरण

कञ्चनपुर । भीमदत्त नगरपालिकाले एक घर चार तरकारीका बिरुवा वितरण कार्यक्रम शुरु गरेको छ ।

नगरवासीलाई तरकारीखेतीतर्फ उन्मुख गराउनका लागि कार्यक्रम शुरु गरिएको हो । नगरपालिकाको कृषि विकास शाखाले तरकारीका बेर्नाको नर्सरी बनाई नगरवासीलाई निःशुल्करुपमा वितरण गर्न थालेको छ ।

कृषि विकास शाखाका प्रमुख नवराज जोशीले नर्सरीमा काँक्रा, फर्सी, लौका र तिते करेलाका ६० हजार बिरुवा उत्पादन गरिएको बताए । त्यसमध्ये नर्सरीमा काँक्रा र फर्सीका ३० हजार बिरुवा तयार गरिएका छन् ।

नगरपालिकाका सबै वडाका किसानलाई व्यक्तिगत र समूहगत रुपमा नर्सरीमा उत्पादित बिरुवा दिन लागिएको छ । व्यक्तिगत रुपमा कम्तीमा चार र समूहलाई मागअनुसार बिरुवा वितरण गरिन लागेको जनाइएको छ ।