आर्थिक

एनआइसीले गर्यो नबिल ईनभेष्टमेन्टलाई बिक्रि प्रबन्धक नियुक्त

काठमाण्डौ । एनआई सी एशिया बैंकले रु.१,००० अंकित दरका १८,३०,००० कित्ताले हुनआउने रु.१ अर्ब८३ करोड रुपंैयाँबराबरको“११५एनआई सी एशिया ऋणपत्र २०८२÷८३”निष्काशनको निमित्त बंैकले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ । यस अगाडि बंैकले जारी गरेको ९ प्रतिशतवार्षिक व्याजभएको ३० लाखकित्ता (कुल रकम ३ अर्ब) ऋणपत्र सम्पूर्ण रुपमाआवेदनप्राप्तभई बाँडफाँड समेत भइसकेको र सो नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भइसकेको छ । प्रस्तावित ११ प्रतिशतव्याजभएको यस ऋणपत्रलगानीकर्ताको लागि उत्कृष्ट प्रतिफलसहितको दीर्घकालीनलगानीगर्ने सुवर्ण अवसर हुनेविश्वास बंैकले लिएकोे छ ।

उक्त ऋणपत्र निष्काशन सम्बन्धी सम्झौतापत्रमा एनआई सी एशिया बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने तथा नबिल इन्भेष्टमेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । रु.१ अर्ब ८३ करोड बराबरको ऋणपत्रमध्ये ८० प्रतिशत (१ अर्ब ४६ करोड ४० लाख) व्यक्तिगत र २० प्रतिशत (३६ करोड ६० लाख) सर्वसाधारणका लागि नेपाल धितोपत्रबोर्डको स्वीकृति पश्चात निष्काशन तथा बिक्री खुल्ला गरिनेछ । प्रस्तावित ऋणपत्र ११ प्रतिशत बार्षिक व्याज दरले अर्ध वार्षिक रुपमा व्याज भुक्तानीगर्ने गरी ७वर्ष अवधिको लागि निष्काश नगर्न लागिएकोे हो ।