देश

भूमिसुधार नीति र ऐन आउने

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गुठीका नाममा भएको दुरुपयोग रोक्न प्रदेश सरकारले कानून बनाउने बताएका छन् ।

प्रदेश नं ३, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा आज भएको भूमि, सहकारी तथा गुठी व्यवस्थापनसम्बन्धी अन्तरक्रियामा मुख्यमन्त्री पौडेलले
प्रदेशमा सुकुम्वासी र भूमिहीनको समस्या अत्यधिक रहेकाले भूमि व्यवस्थापनका पक्षमा वैज्ञानिक ढंगबाट सहजीकरण गर्ने गरी कानुन निर्माणमा सरकारले तयारी गरिरहेको बताए ।

अब पशुपतिनाथ, स्वयम्भूलगायत क्षेत्रमा खेर गएका सयौँ विघा जमीनको उचित प्रयोग हुने बताए । भूमिसुधारमन्त्री दावादोर्जे लामाले निर्वाचनका समयमा सबै दलले घोषणापत्रमा सुकुम्वासीका समस्या समाधान गर्ने विषयमा महत्वपूर्ण बूँदा राखेको अवगत गराउँदै अब भूमिसुधार नीति लागु गरिने घोषणा गरे ।