खेलकुद

एपिएफलाई भलिबल उपाधि

काठमाडौँ । सशस्त्र प्रहरी बल ९एपिएफ० स्कुलले तेस्रो एलए नेट च्याम्पियनसिपअन्तर्गत छात्र भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ ।

हात्तीवनस्थित आयोजक लिटिल एन्जल्स स्कुल ९एलए० को कोर्टमा भएको फाइनलमा एपिएफले माउन्ट ओलिभ ‘ए’ लाई २५–२३, २५–२० र २६–२४ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

छात्र फुटबलमा नेपाल प्रहरी स्कुलले विद्यासागरलाई ४–०, एलए नीलोले सेन्ट जेभियर्स गोदावरीलाई ७–२, एलए रातोले नेपाल डनबस्कोलाई ३–० र ज्ञानोदयले क्रेसेन्टलाई ४–३ गोलले हराउँदै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित पारें ।

सिनियर छात्र बास्केटबलमा पुष्पसदनले आइडियल मोडेललाई ३२–२७, जेम्सले एभेन्जलाई ५०–२८, रातो बंगलाले एलए ‘बी’ लाई ३५–१६ र एलआरआइले एलए ‘ए’ लाई ३५–१६ ले पन्छाए ।