खेलकुद

म्याच फिक्सिङका आरोपीले सफाइ पाए

काठमाडौं । म्याच फिक्सिङको आरोपीलाई बिशेष अदालत अदालतले सफाइ दिएको छ । म्याच फिक्सिङको आरोप लागेका सागर थापासहित ६ जनालाई अदालतले सफाइ दिएको हो ।

नेपालले २००८ देखि खेलेका अन्तर्रा्ष्ट्रिय खेलमा पैसा लिएर हारेको भेटिएको भन्दै प्रहरीले पक्राउ गरेको थियो । उनीहरुले प्रहरीसामू फिक्सिङ स्वीकार गरे पनि अदालतमा इन्कारी बयान दिए ।

अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ बैद्य र नारायणप्रसाद पोखरेलको इजलासले बिहीबार सफाइ दिने फैसला सुनाएको हो ।

फिक्सिङको आरोपमा २७ असोज २०७२ मा सागर थापासहितका खेलाडी पक्राउ परेका थिए ।